प्रचण्ड कप महिला भलिबल : पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

हिमाल प्रेस २८ जेठ २०८२ २१:०१ | Wednesday, June 11, 2025
प्रचण्ड कप महिला भलिबल : पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

पोखरा- पोखरा रंगशालामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा बुधबार दुवै टोलीले सानदार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन्।

समूह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र अर्को खेलमा न्यू डायमण्डले घरेलु टिम गण्डकीलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। पुलिसले स्टेप रामपुरलाई २५—७, २५—९ र २५—९ सेटमा हराउँदै समूह विजेता बनेको हो। पुलिसले अघिल्लो दिन मंगलबार उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई सोझो सेटमै हराएको थियो।

बुधबारको अर्को खेलमा डायमण्डले नेपाली टिमकी कप्तान अरुणा शाहीकै कप्तानीको गण्डकीको टिमलाई पराजित गरेको हो। उसले २५—८, २५—१० र २५—१२ सेटमा हराउँदै अन्तिम ४ मा पुग्न सफल भयो।

बिहीबार लिग चरणका दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो ३ बजे एपीएफविरुद्ध स्टेप रामपुर र अर्को खेल ५ बजे गण्डकीविरुद्ध एभरेष्ट भलिबल क्लबबीच हुने आयोजक नेशनल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए। ३१ जेठसम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

तेस्रो हुने टिमले १ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनायो।

प्रकाशित: २८ जेठ २०८२ २१:०१ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast