 प्रतीकात्मक तस्बिर।
                             प्रतीकात्मक तस्बिर।
                                            रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ र जाजरकोटको नलगाड– ८ को मन्मैस्थित ठुलीभेरी नदीमा पौडी खेल्ने क्रममा मृत्यु हुनेको संख्या दुई पुगेको छ। अझै एक जना बेपत्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जाजरकोटको नलगाड नगरपालिका–८ का टेकबहादुर नेपालीको छोरी १६ वर्षीया भगवती नेपाली र सोहि स्थानका सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेश कुसारीको मृत्यु भएको हो। उनीहरु शुक्रबार दिउँसो नदीमा पौडि खेल्न गएका थिए।
उनका अनुसार नदीबाट उद्धार गरेर ल्याइएकी भगवतीलाई आठबिसकोट नगर अस्पतालमा मृत घोषणा गरिएको हो भने महेशको शव घटनास्थल भन्दा करिब तीन किलोमिटर तल फेला पारिएको हो।
उनीसँगै पौडी खेल्न गएकी महेशकी १२ वर्षीया दिदी आशा कुसारी भने बेपत्ता रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![रुकुम जिप दुर्घटना : मृतकको संख्या आठ पुग्यो, १० घाइते [मृतकको नामसहित]](https://himalpress.com/wp-content/uploads/2025/05/ACCIDENT1691152311.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 