पोस्टमा खराब कमेन्ट गर्नेलाई सार्वजनिक गर्दै गायिका

हिमाल प्रेस १२ असार २०८२ १२:२७ | Thursday, June 26, 2025
पोस्टमा खराब कमेन्ट गर्नेलाई सार्वजनिक गर्दै गायिका

काठमाडौँ- सामाजिक सञ्जालमा सार्वजनिक आफ्नो पोस्टमा खराब प्रतिक्रिया दिनेलाई गायिका एलिना चौहानले सार्वजनिक गरिरहेकी छन्।

प्रतिक्रियाको अत्याचार सहन नसकेर आफूले सार्वजनिक रुपमै  ल्याएको र अब कानुनी प्रक्रियामा जाने तयारीसमेत रहेकाे एक भिडियो पोस्टमार्फत जानकारी दिएकी छन्। उनले बुधबार फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो। अब पालैपालो पोस्ट गर्छु।’

एलिनाले एक प्रयोगकर्ताले म्यासेन्जरमा भ्वाइस रेकर्ड गरेर माफी मागेको भिडियोसमेत सार्वजनिक गरेकी थिइन्। त्यसयता एलिनाले थुप्रै व्यक्तिकाे फाेटाे, कमेन्ट र प्राेफाइल बाहिर ल्याइरहेकी छन्। उनीहरूले एलिनाकाे दाम्पत्य जीवन र पूर्वपतिबारे अभद्र टिप्पणी गरेको देखिएको छ।

यसअघि गायिका समीक्षा अधिकारीले पनि एक व्यक्तिको फेसबुक आइडी बाहिर ल्याएकी थिइन्। त्यस्तै अभिनेत्री ऋचा शर्मा, टिकटकर तथा मोडल प्रिन्सी-प्रिज्मा खतिवडाले पनि आफूलाई आएको अभद्र गालीसहितको स्क्रिनसट फेसबुकमा सार्वजनिक गरेका थिए। अत्याचार सहनुहुन्न भन्दै  कलाकार तथा गायिकाहरू अहिले एकजुट भएका छन्।

प्रकाशित: १२ असार २०८२ १२:२७ | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast