पुष्कर खतिवडा २० हजार धरौटीमा रिहा

हिमाल प्रेस ३० जेठ २०८२ ७:३४ | Friday, June 13, 2025
पुष्कर खतिवडा २० हजार धरौटीमा रिहा

काठमाडौँ- धर्मगुरु पुष्कर खतिवडालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश गरेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाईसहित ७ जनालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न दिने आदेश गर्दा बाँकी ३२ जना अभियुक्तसँग भने धरौटी माग गरेको हो।

चारजना अभियुक्तसँग जनही एक लाख रुपैयाँ धरौटी माग गरेको अदालतले पाँच जनालाई जनही ५० हजार धरौटी तोकेको छ।

खतिवडालाई भने २० हजार रुपैयाँ मात्र धरौटी माग गर्ने आदेश भएको छ।

प्रकाशित: ३० जेठ २०८२ ७:३४ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast