पाैराणिक कथामा फिल्म ‘महाकाव्य’ बन्दै

हिमाल प्रेस ९ असार २०८२ १३:४८ | Monday, June 23, 2025
पाैराणिक कथामा फिल्म ‘महाकाव्य’ बन्दै

काठमाडौँ- ‘महाकाव्य’ नामक फिल्म बन्ने भएको छ। खुसी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो। निर्माण टिमले सोमबार फिल्म थिम पोस्टर सार्वजनिक गरेको छ।

पोस्टरमा दुई ज्वालामुखी भालाको टक्करको दृश्य छ। फिल्ममार्फत महादेवको शक्ति, एक अनुपम प्रेमकथा र रहस्यमय साहसिक यात्राको माध्यमबाट नेपाली पौराणिक कथालाई पुनर्जीवित गर्न खोजिएको निर्माण टिमले जनाएको छ। फिल्मले नेपाली संस्कृति, मिथक, र हराउँदै गएका पवित्र स्थलहरूको कथा दृश्यमार्फत प्रस्तुत गर्ने टिमको उद्देश्य छ।

फिल्म मदन खड्काले निर्देशन गर्न लागेका हुन्। म्युजिक भिडियो निर्देशन गरिरहेका खड्काको यो डेब्यु निर्देशन हो। फिल्म आगामी भदौदेखि छायांकन गर्ने टिमको तयारी छ।

फिल्ममा अभिनय गर्ने कलाकारबारे खुलाइएको छैन्। टिमका अनुसार फिल्मको अहिले प्रि-प्रोडक्सन कार्य भइरहेको छ।

शुक्रराज शाहको एक्सन निर्देशन रहने फिल्मको छायांकन भदौदेखि सुरु हुने तयारी छ। फिल्म निर्माता शान्ती मगरको लगानीमा बन्न लागेको हो।

प्रकाशित: ९ असार २०८२ १३:४८ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast