पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने- समाजवादी क्रान्ति नयाँ चरणमा

हिमाल प्रेस २७ जेठ २०८२ ११:४४ | Tuesday, June 10, 2025
पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने- समाजवादी क्रान्ति नयाँ चरणमा फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन्।

आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताउँदै माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए।

उनले भने, ‘समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ, यो अभियानमा जोडिन म सबैलाइ आग्रह पनि गर्दछु।’

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले सो पार्टी प्रवेश र समायोजनले पार्टीको अभियानमा थप ऊर्जा तथा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे।

साथै अध्यक्ष दाहालले माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेलाई उचित जिम्मेवारी दिइने बताए।

प्रकाशित: २७ जेठ २०८२ ११:४४ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast