पार्टीभित्र केही स्वार्थी तत्वलाई समयअगावै महाधिवेशन लाग्यो : ओली

हिमाल प्रेस १४ असार २०८२ १६:०४ | Saturday, June 28, 2025
पार्टीभित्र केही स्वार्थी तत्वलाई समयअगावै महाधिवेशन लाग्यो : ओली प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अगाडि सारेको मिसन–२०८४ को लक्ष्य प्रभावित पार्न केही स्वार्थी तत्व सलबलाउन थालेको बताएका छन्।

मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय युवा संघले चन्द्रागिरी नगरपालिका–१३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टीभित्र केही स्वार्थी तत्वलाई समयअघि महाधिवेशन लागेको बताए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चाहना व्यक्त गरिरहेका बेला अध्यक्ष ओलीको यस्तो टिप्पणी आएको हो।

ओलीले एकल बहुमतसहितको मिसन २०८४ को स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाबकिताब गरिने उल्लेख गरे।

‘यो मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन,’ उनले भने,‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेको छैन। केही स्वार्थीहरूलाई महाधिवेशन लागेको हो। हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन।’

प्रधानमन्त्री ओलीले यस वर्षको एसईई परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो भएकोमा शिक्षक र विद्यार्थीहरूलाई बधाई दिए। उनले मौका परीक्षामा सहभागी हुने र आउने एसईईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने बताए।

प्रकाशित: १४ असार २०८२ १६:०४ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast