पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

हिमाल प्रेस १३ असार २०८२ १०:५८ | Friday, June 27, 2025
पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

काठमाडौँ- नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ। आगामी भदौ २३ देखि २८ गतेसम्म काठमाडौँको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो।

खेल काठमाडौँ स्पोट्स इभेन्ट्स प्रालीको आयोजनामा हुन लागेकाे प्रतियोगिता निर्देशक ज्योति भण्डारीले जानकारी दिए। कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुनेछ।

उक्त लिग बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोट्स पार्कमा हुनेछ। सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन्। लिगको शीर्ष चार टोलीले सेमिफाइनलमा पुग्नेछन्। विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको छ। यसबारे आयोजकले केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ। लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए।

एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन्। राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ।

क्याटगोरीको ‘ए’ खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १०-१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीले ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ।  प्रत्येक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ। लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछन्। टिम खरिद गर्न न्युनतम एक लाख ५० हजारसम्म तोकिएको निर्देशक भण्डारीले बताए।

निर्देशक भण्डारीले यो लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित प्रतिस्पर्धा सुरू गरिएको बताए।

प्रकाशित: १३ असार २०८२ १०:५८ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast