पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

हिमाल प्रेस १६ असार २०८२ १८:३० | Monday, June 30, 2025
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो पहिराे। प्रतिनिधिमूलक तस्बिर।

कालीकोट– पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोला र जितेनजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।

सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालीकोटको पहलमा खाँडाचक्र नगरपालिका–२ को जितेबजार, शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालन भएको हो।

पहिरो पन्छाएपछि राजमार्ग खुलेको र यात्रु गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए।

‘साँघुरो सडकका कारण दोहोरो रुपमा गाडी गुडाउन समय लाग्ने गरेको छ,’ उनले भने, ‘डोजरले सडक फराकिलो पार्ने काम भइरहेको छ।’

सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म तथा जुम्ला र मुगुबाट सुर्खेतका लागि छुटेका सवारीसाधन बाटोमै थन्किएपछि यात्रुले सास्ती पाएका थिए। सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो।

प्रकाशित: १६ असार २०८२ १८:३० | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast