पर्सा– पर्सामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
वीरगञ्ज महानगर–२८ बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना ५ त ९९४१ नम्बरको ट्रयाक्टर शुक्रबार दिउँसो भेडाहा खोलामा पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिए।
मृत्यु हुनेमा वीरगञ्ज महानगर–२८ बगहीका शिवु पटेल (राउत) र सोही ठाउँका आकाश पटेल (राउत) रहेका छन्।
ट्रयाक्टरमा सवार सोही ठाउँका जयकुमार पटेल भने घाइते भएका छन्।
                            प्रकाशित: १३ असार  २०८२ १९:०० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

