परशु प्रधानको कथामा मञ्चन हुँदै नाटक ‘डल्ले खोला’

हिमाल प्रेस २८ जेठ २०८२ ११:४० | Wednesday, June 11, 2025
परशु प्रधानको कथामा मञ्चन हुँदै नाटक ‘डल्ले खोला’

काठमाडौँ- बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’ मञ्चन हुने भएको छ। नाटक रंगकर्मी वेदना राईको परिकल्पना र निर्देशनमा मञ्चन हुन लागेको हो।

नाटक कथाकार परशु प्रधानको कथा ‘डल्ले खोला’ मा आधारित छ। यो कथा कक्षा आठको नेपाली विषयमा पनि समावेश गरिएको छ।

नदीको कथामा बनेको ‘डल्ले खोला’ ले नदी/खोलाको नाममा भइरहेको विकृति र भ्रष्टाचारलाई प्रतिबिम्ब बनाएको निर्देशक राईले बताइन्।

‘नाटकमा नदी पानी मात्र होइन। यो स्मृति हो। विवेक हो। हामीले सुन्न बन्द गरेको आवाज हो।’ उनले भनिन्, ‘नाटकमा हामीले विकासको नाममा नदीमाथि राजनीतिज्ञहरूले गर्ने भ्रष्टाचारको प्रतिबिम्बलाई उजागर गरेका छौँ।’

यही जेठ २९ देखि असार १४ गतेसम्म मञ्चन हुनेछ। एक थिएटर नेपालको प्रस्तुति रहेको नाटकका निर्माता सौजन सेनेहाङ हुन्।

नाटकमा उमेश सुनाम, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, रमिता राई, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईले अभिनय गरेका छन्।

मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः१५ बजे मञ्चन हुनेछ। शनिबार १ बजेको अतिरिक्त सो पनि हुने टिमले जनाएको छ।

प्रकाशित: २८ जेठ २०८२ ११:४० | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast