न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

हिमाल प्रेस ३० जेठ २०८२ २०:३८ | Friday, June 13, 2025
न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ- नेपाल कानुन समाजले न्यायाधीशमाथि कार्यस्थलमै भएको अभद्र व्यवहारप्रति भर्त्सना गरेको छ। समाजले आज (शुक्रबार) विज्ञप्ति जारी गरी बिहीबार उच्च अदालत जनकपुरअन्तर्गतको अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय डा. खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासमा केही व्यक्तिबाट भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हो।

न्यायाधीशहरूको कामकारबाही र आचरणको अनुगमन तथा सुपरीवेक्षण गर्ने जिम्मेवारी न्याय परिषद्को भएको उल्लेख गर्दै समाजका अध्यक्ष पुष्पा भुसालद्वारा जारी विज्ञप्तिमा न्याय सम्पादनको सिलसिलामा गरिएका निर्णयलाई लिएर दुर्व्यवहार गरिनु न्यायपालिकाप्रतिको आक्रमण भएको बताए। यसखालका घटनाबाट न्यायपालिकाको स्वच्छता र मर्यादामा प्रतिकूल प्रभाव पार्ने समाजको ठम्याइ छ।

समाजले उक्त घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।

प्रकाशित: ३० जेठ २०८२ २०:३८ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast