नौ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

हिमाल प्रेस १६ असार २०८२ १६:४० | Monday, June 30, 2025
नौ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

काठमाडौँ- सरकारले नौजना खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

जनही एक लाख रुपैयाँसहित राष्ट्रिय खेलकुद सम्मान पाउनेमा भरतसिंह महता (पारा तेक्वान्दो), प्रेमबहादुर लिम्बू (तेक्वान्दो), वीरबहादुर महरा (तेक्वान्दो), अनुजा कुलुङ राई, (कबड्डी), मानमती विष्ट (कबड्डी) र दीपा शाही (फुटबल) छन्।

प्रशिक्षकतर्फ कविराज नेगी लामा (तेक्वान्दो), निर्णायकतर्फ धनकुमार मैनाली (बक्सिङ) तथा चिकित्सकतर्फ डा. राजु डंगोल महर्जनलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ।

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार जनही २५ हजार रुपैयाँसहित ११ जनाले पाएका छन्।

पुरस्कृत हुनेमा मुकुन्द घिमिरे (इलाम), शरदचन्द्र भट्टराई (बारा) विक्रमकुमार बानियाँ (मकवानपुर), दिननाथ बराल (कास्की), स्वस्तिक श्रेष्ठ (बुटवल), दिनेशकुमार बुढा (दैलेख), दिनेशबहादुर विष्ट (बैतडी) छन्। यसै गरी नमिता दाहाल (तनहुँ) समावेशी महिलातर्फ र रूपा गहतराज समावेशी दलिततर्फ छन्।

५० हजार रुपैयाँ नगदसहितको खेलकुद पत्रकारिता सम्मान पुरस्कार श्रीलोचन राजोपाध्यायलाई प्रदान गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ असार २०८२ १६:४० | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast