नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष सिंहद्वारा सपथग्रहण

हिमाल प्रेस ११ असार २०८२ २१:०९ | Wednesday, June 25, 2025
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष सिंहद्वारा सपथग्रहण

काठमाडौँ- नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेशनल लाइफ इन्स्योरेन्सकी नवनियुक्त अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहलाई पथ तथा गोपनीयताको सपथ दिलाएका छन्।

असार ५ मा सम्पन्न ३७ औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समिति पुनःगठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा पुनः निर्वाचित भएकी हुन्।

प्राधिकरणका अध्यक्ष ओझाले कम्पनीको पुनःनिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ असार २०८२ २१:०९ | Wednesday, June 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast