नेपाली अनुवादमा ‘संक्षिप्त महाभारत’ लोकार्पण

हिमाल प्रेस १ असार २०८२ १५:२७ | Sunday, June 15, 2025
नेपाली अनुवादमा ‘संक्षिप्त महाभारत’ लोकार्पण

काठमाडौँ- प्राचीन ग्रन्थ महाभारतको नेपाली अनुवाद ‘संक्षिप्त महाभारत’ लोकार्पण भएको छ।

बागबजारमा आयोजित कार्यक्रममा आख्यानकार भुवनहरि सिग्देल, समीक्षक राजकुमार बानियाँ, विश्लेषक शंकर तिवारी, आख्यानकार शैलेन्द्र अधिकारी, कवि हेम प्रभासलगायतले पुस्तकको लोकार्पण गरेका हुन्।

एक लाख श्लोक रहेको महाभारत ग्रन्थ नेपालीमा रोशन दाहालले अनुवाद गरेका हुन्। उनका अनुसार चारवटा भागमा प्रकाशित पुस्तक गद्यशैलीमा छ।

पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। कथात्मक शैलीमा अनुवाद भएको हुनाले महाभारत अध्ययन गर्न चाहने तर श्लोकको अर्थ नुबझ्ने पाठकका लागिसमेत यो ग्रन्थ पठनीय रहेको प्रकाशक संस्थाका संस्थापक पुष्पराज पौडेल बताए। हिन्दुहरूको एक प्रमुख ग्रन्थ मानिए पनि महाभारत विश्वभर नै चर्चित छ।

प्रकाशित: १ असार २०८२ १५:२७ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast