नागरिकता दोस्रो संशोधनसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

हिमाल प्रेस ५ असार २०८२ १४:३३ | Thursday, June 19, 2025
नागरिकता दोस्रो संशोधनसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ– नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश भएको छ।

बिहीबार बसेको संसद बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ पेश गरे।

प्रतिवेदन प्रस्तुत गर्दै सभापति खतिवडाले सबै नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने अवसर दिने गरी समितिमा सहमति जुटाएको बताए। आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिनेगरी आवश्यक व्यवस्था गरिएको उनले जानकारी दिए।

प्रतिनिधिसभाको २०८१ चैत्र १८ गते बसेको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित छलफलका लागि राज्य व्यवस्था समितिमा पठाउने निर्णय गरेको थियो भने समितिले यही जेठ २७ गते पारित गरेको थियो।

प्रकाशित: ५ असार २०८२ १४:३३ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast