धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग

हिमाल प्रेस ३ असार २०८२ १९:५१ | Tuesday, June 17, 2025
धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग

काठमाडौँ– धनुषाको विदेह नगरपालिका-५ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ। नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा टाकाहिरोले एक समारोहका बीच विद्यालय भवनको उद्घाटन गरेका हुन्।

विद्यालय भवन जापान सरकारको सहयोगमा निर्माण गरिएको हो। जापानी गैरसरकारी संस्था प्लान इन्टरनेसनलद्वारा सञ्चालित यो परियोजना तीनवर्षे अवधिको दोस्रो वर्षमा सञ्चालनमा छ।

परियोजनाको उद्देश्य धनुषा जिल्लामा आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्नुका साथै लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ वातावरण निर्माण गर्ने रहेको दूतावासले जनाएको छ।

परियोजनाले विद्यालयको भौतिक पूर्वाधार सुधारका साथै शिक्षकहरूको सीप अभिवृद्धि तालिम तथा समुदायको नेतृत्वमा शिक्षामा सहभागिता बढाउने अभियानहरू पनि सञ्चालन गर्दै आएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत तामुराले परियोजनामा संलग्न सबैको प्रयासको प्रशंसा गर्दै विद्यालय भवन तथा पूर्वाधारहरूको उचित व्यवस्थापन तथा संरक्षण हुने विश्वास व्यक्त गरे।

उनले विद्यालयका विद्यार्थीले भविष्यमा नेपाल–जापान सम्बन्धमा जनस्तरीय पुलको रुपमा योगदान दिने र नेपालको समग्र विकासमा समेत अग्रणी भूमिका निर्वाह गर्ने आशा व्यक्त गरे।

प्रकाशित: ३ असार २०८२ १९:५१ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast