देशभित्रै रोजगारीको प्रचुर सम्भावना छ : मन्त्री भण्डारी

हिमाल प्रेस ५ असार २०८२ १७:१४ | Thursday, June 19, 2025
देशभित्रै रोजगारीको प्रचुर सम्भावना छ : मन्त्री भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिमको जनशक्ति तयार गर्नु पर्नेमा जोड दिएका छन्।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री भण्डारीले देशभित्रै रोजगारी सृजना गर्नु नै पर्ने चुनौतिलाई समाधान गर्न सबै सरोकारवालाहरु गम्भीरतापूर्वक कार्य गर्नु पर्ने समेत बताए।

देशभित्र आन्तरिक रोजगारीको प्रचुर सम्भावनाहरु रहेको भन्दै उनले व्यवहारिक र प्रविधिमा आधारित ज्ञान सीपको प्रवद्र्धन गर्नुपर्ने धारणा राखे।

मन्त्री भण्डारीले मुलुकभित्र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न मन्त्रालयले आन्तरिक रोजगार दशक लागू गर्न खोजिरहेको उल्लेख गरे। उनले श्रम क्षेत्रमा आउने चुनौतीको सामना गर्न, वैदेशिक रोजगारीमा रहेकालाई नेपालमा फर्काएर रोजगारीको वातावरण सृजना गर्न सरोकारवाला सवैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा आन्तरिक रोजगारी सृजना गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्न, बजार र मागमा आधारित सीपमुलक तालिमहरुको पाठ्यक्रम, समयावधीलगायतका विषयमा तीनवटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो।

प्रकाशित: ५ असार २०८२ १७:१४ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast