दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको संख्या ८६ पुग्यो

हिमाल प्रेस ३१ जेठ २०८२ १७:४६ | Saturday, June 14, 2025
दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको संख्या ८६ पुग्यो

काठमाडौँ– दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षा पछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिइएको उद्धारकर्ताले जनाएका छन्।

राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नु परेको बताएका छन्।

भारी वर्षाले पूर्वी केपमा पानी चार मिटर भन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको छ। बाढीको कारण हजारौँ घर, सडक, विद्यालय तथा स्वास्थ्य सुविधाहरू डुबेको बताइएको छ।

बाढी र पहिरोबाट माथाथा सहर सबै भन्दा बढी प्रभावित भएको छ जुन रंगभेदविरोधी पूर्वराष्ट्रपति स्वर्गीय नेल्सन मण्डेलाको जन्मस्थल कुनु गाउँ नजिकै छ। राति पानी घरभित्र पसेपछि घरभित्र फसेका शवको बरामद तथा जीवितहरुको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन्।

मृतकमध्ये कम्तीमा ६ जना बालबालिका र तीन जना वयस्कहरू बाढीमा बगेको स्कुल बसमा रहेको जनाइएको छ। शनिबार रुखमा टाँसिएर बसेका तीन जना विद्यार्थीलाई उद्धार गरिएको र चार जना अझै बेपत्ता रहेका छन्।

हरित जलवायु कोषका अनुसार दक्षिण अफ्रिका जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा छ। –रासस/एएफपी

प्रकाशित: ३१ जेठ २०८२ १७:४६ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast