तीन दलका शीर्ष नेताबीच छलफल जारी

हिमाल प्रेस ६ असार २०८२ १५:०६ | Friday, June 20, 2025
तीन दलका शीर्ष नेताबीच छलफल जारी

काठमाडौँ- प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको हो।

बैठकमा संक्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी छन्।

यसअघि बिहीबार नै तीन दलका शीर्ष नेताहरूको बैठक बस्ने भनिए पनि स्थगित भएको थियो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौँ बाहिर रहेकाले बिहीबारको बैठक स्थगित भएको थियो।

प्रकाशित: ६ असार २०८२ १५:०६ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast