तीन दलका शीर्ष नेताको बैठक स्थगित

हिमाल प्रेस ५ असार २०८२ १५:२२ | Thursday, June 19, 2025
तीन दलका शीर्ष नेताको बैठक स्थगित फाइल तस्बिर

काठमाडौँ– तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित भएको छ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख तीन दलका नेताहरूको बिहीबारका लागि तया भएको बैठक स्थगित भएको हो।

समसामयिक राजनीतिक विषय, संसदमा जारी गतिरोध, बजेटलगायतका विषयमा छलफल गर्न बिहीबार २ बजे बस्ने भनिएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको हो।

बुुधबारका लागि तय भएको बैठक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ बाहिर रहेकाले दिउँसो ३ बजेका लागि सारिएकामा पुनः २ बजे बस्ने भएको थियो।

प्रकाशित: ५ असार २०८२ १५:२२ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast