तनहुँमा कुटपिट गरी हत्या अभियोगमा दुई पक्राउ

हिमाल प्रेस ६ असार २०८२ ५:५३ | Friday, June 20, 2025
तनहुँमा कुटपिट गरी हत्या अभियोगमा दुई पक्राउ

तनहुँ- हत्या अभियोगमा बिहीबार दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ हटिया घर हाई हाल तनहुँको देवघाट गाउँपालिका-५ बस्ने ४२ वर्षीय राम लामा र पाल्पाको तानसेन नगरपालिका-८ नयाँपाटी घर भई हाल देवघाट गाउँपालिका-५ बस्ने २८ वर्षीय बुद्ध सारुमगर रहेको आँबुखैरेनी इलाका प्रहरी कार्यालयले जनाएको छ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीअनुसार देवघाट गाउँपालिका-५ बद्रीमुक्ति टोलका ३२ वर्षीय प्रकाश पौडेलको हत्या गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जना ज्याला मजदुरी गर्ने हुन्।

बिहीबार बिहान पौडेल घरदेखि अन्दाजी तीन सय मिटरको दूरीमा रहेको कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयवासीले भेटेका थिए। उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल चितवन लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापश्चात प्रहरी निरीक्षक सुवेदीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गर्दा निजहरु मादक पदार्थ सेवन गरी झैझगडा गरेको खुल्न आएको छ।

पक्राउ परेका दुई जनाले पौडेललाई कुटपिट गरेका थिए। प्रहरी निरीक्षक सुवेदीले भने, ‘गए राति सँगै बसेर मादक पदार्थ सेवन गरी झगडा भएको रहेछ, दुई जनाले पौडेललाई कुटपिट गरी हत्या गरेको खुलेको छ।’

प्रकाशित: ६ असार २०८२ ५:५३ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast