झापामा ढुंगा प्रहारबाट एक युवकको मृत्यु

हिमाल प्रेस ६ असार २०८२ २०:०२ | Friday, June 20, 2025
झापामा ढुंगा प्रहारबाट एक युवकको मृत्यु

दमक (झापा)- ढुंगा प्रहारबाट यहाँको कमल गाउँपालिकामा एक युवाको ज्यान गएको छ।

यसरी ज्यान जानेमा कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी प्रमुख राजन लिम्बूका अनुसार बिहीबार साँझ ५.३० बजे मृतक लिम्बू र सोही ठाउँका ३७ वर्षीय देवेन्द्र लावतीबीच एकापसमा विवाद भएको थियो। दुवैले मादकपदार्थ सेवन गरेका र झगडाका क्रममा देवेन्द्र लावतीको ढुंगा प्रहारबाट सूर्यविक्रम गम्भीर घाइते भएका थिए।

घाइतेलाई दमकको लाइफलाइन अस्पताल ल्याई सामान्य उपचारपश्चात थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज (शुक्रबार) मृत्यु भएको उनले जानकारी दिए। लावतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ असार २०८२ २०:०२ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast