‘जारी २’ आगामी दसैँमा प्रदर्शन

हिमाल प्रेस ३ असार २०८२ १३:३० | Tuesday, June 17, 2025
4
SHARES
‘जारी २’ आगामी दसैँमा प्रदर्शन

काठमाडौँ- कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘जारी २’ आगामी दसैँमा प्रदर्शन हुने भएको छ। फिल्मको छायांकन सकिएसँगै निर्माण टिमले फिल्म दसैँमा प्रदर्शन गर्ने बताएका छन्। तर गते भने तोकिएको छैन्।

पाँचथरमा गरिएको फिल्मकाे मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको लुक्ससमेत सार्वजनिक गरिएको छ। तस्बिरमा अभिनेत्री मिरुनालाई लिम्बू पहिरन छिन्। अभिनेता दयाहाङ च्याब्रुङ बजाउँदै गरेको देख्न सकिन्छ।

फिल्ममा अन्य कलाकारविजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ।

बाँसुरी फिल्मस्ले निर्माण गरेको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ। बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ हुन्।

कवि तथा निर्देशक सुब्बाको डेब्यु निर्देशन ‘जारी’ बक्सअफिसमा १७ करोड भन्दा बढी व्यापार गरेको थियो। फिल्म २०८० सालमा सर्वाधिक कमाउनेको पहिलो नम्बरमासमेत परेको थियो। दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्मको सिक्वेल प्रतिक्षारत बनेको छ।

प्रकाशित: ३ असार २०८२ १३:३० | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast