जलविद्युत तथा प्रसारण क्षेत्रको लगानी प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री खड्का

हिमाल प्रेस ९ असार २०८२ १४:१३ | Monday, June 23, 2025
जलविद्युत तथा प्रसारण क्षेत्रको लगानी प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत तथा प्रसारण क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने समेत बताए।

उनले विद्युत प्राधिकरणको राय सुझावको आधारमा ‘टेक अर पे’ व्यवस्था संशोधनका लागि अर्थमन्त्रालयमा पत्र नै पठाइएको जानकारी दिए।

नेपालले बिजुली निर्यात गरी मुलुकको ब्यापार घाटा घटाउन सकिने भएकाले ऊर्जा क्षेत्रको बजेट त्यस तर्फ केन्द्रित रहेको पनि मन्त्री खड्काले बताए। उनले भारत, बंगलादेश र चीनसम्म विधुत निर्यात गर्न आवश्यक प्रशारण संरचना निर्माण अघि बढाइएको उल्लेख गरे।

भारतीय प्रसारण लाइनको उपयोग गरी बंगलादेशमा थप विद्युत निर्यातको पहल भइरहेको उनको भनाइ छ।

उनले सन् २०३० भित्र लम्की बरेली र इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण संयुक्त कार्यक्रम स्थापना प्रक्रिया अघि बढाइएको जानकारी दिए।

त्यस्तै मन्त्री खड्काले उद्योगीहरूसँगको बक्यौता उठाउनका लािग प्रक्रियागत रुपमा अघि बढने भन्दै भ्रम नराख्न आग्रह पनि गरे।

प्रकाशित: ९ असार २०८२ १४:१३ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast