जसपा नेपालको नेवा : राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु

हिमाल प्रेस ३१ जेठ २०८२ ११:१७ | Saturday, June 14, 2025
जसपा नेपालको नेवा : राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले बागमती प्रदेशअन्तर्गत नेवाः राष्ट्रिय समितिको अधिवेशन गर्न लागेको छ। ललितपुरको ठैबस्थित ताः फल्चामा शनिबार (आज) पार्टीका अध्यक्ष उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

अधिवेशनमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रतिनिधिहरु सहभागी हुनेछन्।

जसपा नेपालले मुलतः राजनीतिक र पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरु गर्ने भनि पहिचानमा आधारित दस जोड एकको प्रादेशिक संरचना बनाएको छ।

स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिको अधिवेशन गर्दै पहिचानमा आधारित राष्ट्रिय समिति र प्रदेश समितिको अधिवेशनमा पार्टी केन्द्रित भएको बताइएको छ।

जसपा नेपालले आइतबार (भोलि) धरानमा लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्न लागेको छ।

प्रकाशित: ३१ जेठ २०८२ ११:१७ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast