जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति : प्रचण्ड

हिमाल प्रेस ३१ जेठ २०८२ ११:०८ | Saturday, June 14, 2025
जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर।

मोरङ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको वृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताएका छन्।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको उल्लेख गरे।

अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षालगायतका ऐन छिटो पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्य गरिएको बताए।

उनले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि राजनीतिकमा आउने सन्दर्भमा कानुन निर्माण जरुरी भएको आवश्यकता औँल्याए।

प्रकाशित: ३१ जेठ २०८२ ११:०८ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast