 बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुस। फाइल तस्बिर : एएफपी/रासस
                             बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुस। फाइल तस्बिर : एएफपी/रासस 
                                            लण्डन (रासस/एएफपी)- बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले आफूले बंगलादेशमा निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्। उनी आगामी अप्रिलमा निर्वाचन गर्ने घोषणा गरेको र निर्वाचनपछि सत्तामा हस्तान्तरण गर्ने बताएका हुन्।
करिब १७ करोड जनसङ्ख्या रहेको बंगलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहका कारण सन् २०२४ को अगष्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरी १५ वर्ष लामो शासन अन्त्य भएको थियो। युनुस स्वयंले कुनै राजनीतिक पद खोजिरहेका छन् कि भनेर सोधिएको प्रश्नमा ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले निर्वाचनपछि सत्तामा रहिरहन ‘कुनै चाहना नभएको’ बताएका छन्।
उनले भने, ‘मलाई लाग्छ, म मात्र होइन, हाम्रो क्याबिनेटका कुनै पनि सदस्यले त्यसो गर्न चाहँदैनन्।’ लण्डनको विदेश नीति थिंक ट्यांक चाथम हाउस, रोयल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्समा मंगलबार साँझ बोल्दै युनुसले उक्त कुरा बताएका हुन्।
उनले हसिनालाई सत्ताच्युत गर्ने प्रदर्शन सुरु भएको एक वर्षपछि अर्को महिना ‘जुलाई चार्टर’ भनिने प्रस्तावको ‘ठूलो प्याकेज’ सार्वजनिक गर्न चाहेको पनि बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 