चारवटा उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिस

हिमाल प्रेस ३० जेठ २०८२ १४:५५ | Friday, June 13, 2025
चारवटा उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिस

काठमाडौँ- न्याय परिषद्ले चारजना न्यायाधीशलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्ति तथा पदस्थापन गर्न सिफारिस छ। उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा राजनप्रसाद भट्टराईलाई नियुक्तका लागि सिफारिस गरिएको परिषद्ले शुक्रबार जनाएको छ। उनी उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा कार्यरत न्यायाधीश हुन्।

यसैगरी पाटन उच्च अदालतको मुख्य न्यायाधीशमा लालबहादुर कुँवर सिफारिस भएका छन्। उनी उच्च अदालत पाटनमै कार्यरत थिए।

उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा कार्यरत न्यायाधीश हरिप्रसाद भण्डारी उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस भएको परिषद्ले जनाएको छ।

उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा राजेश्वर तिवारी सिफारिस भएका छन्। उनी उच्च अदालत, तलुसीपुर, बुटवल इजलासमा कार्यरत छन्।

यसैगरी उच्च अदालत दिपायलमा दरबन्दी रही वैदेशिक रोजगार न्यायाधिकरणमा कार्यरत गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज सुरुवा गरिएको छ।

न्याय परिषद्ले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेडौँटा इजलासमा कार्यरत डा. शान्ता सेढाई सापकोटालाई तोक्न सिफारिस गरेको छ।

प्रकाशित: ३० जेठ २०८२ १४:५५ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast