चन्द्रप्रकाश बानियाँको उपन्यास ‘तुलु राजा’ प्रकाशन

हिमाल प्रेस ३० जेठ २०८२ ११:३४ | Friday, June 13, 2025
चन्द्रप्रकाश बानियाँको उपन्यास ‘तुलु राजा’ प्रकाशन

काठमाडौँ- मदन पुरस्कार विजेता ‘महारानी’का लेखक चन्द्रप्रकाश बानियाँको अर्को उपन्यास ‘तुलु राजा’ प्रकाशित भएको छ। कृति शिखा बुक्सले अनलाइनमार्फत प्रकाशन गरेको हो।

उपन्यास म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित ‘मगरबस्ती’ मा भएकाे हत्याकाण्डकाे विषयमा लेखिएकाे छ। उपन्यासकार बानियाँले पुस्तककाे पृष्ठ भागमा संवत १८९७ मा साउनमा उक्त ठाउँमा एउटा कहालीलाग्दो हत्याकाण्ड भएकाे खुलाएका छन्। उनले  त्यही घटनाकाे सविस्तार नै उपन्यासमा समेटिएकाे उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा सुपरिचित ‘मगरबस्ती’ संवत १८९७ श्रावणमा त्यस गाउँमा एउटा कहालीलाग्दो हत्याकाण्ड मञ्चन हुन्छ, राज्यविरुद्ध विद्रोह गरेको निहुँमा तत्कालीन गोर्खाली सेनाले पाखापानीमा चढाई गर्छ। दुई दिनसम्म घनघोर युद्ध हुन्छ, रक्तपात मच्चिन्छ। गोर्खा राज्य विरुद्ध राहुगाउँ प्रश्रवण क्षेत्रका मगरहरुले किन विद्रोह गरे ? त्यसको कारण के थियो ? परिणाम के भयो ? त्यही ऐतिहासिक कथालाई केन्द्रमा राखेर बुनिएको औपन्यासिक आख्यान हो तुलुराजा।’

पुस्तकको मुल्य रू ७९५ रुपैयाँ तोकिएको छ।

प्रकाशित: ३० जेठ २०८२ ११:३४ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast