गर्भनर भन्छन्- अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार हुन्छन्

हिमाल प्रेस २७ जेठ २०८२ ५:५० | Tuesday, June 10, 2025
गर्भनर भन्छन्- अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार हुन्छन्

कैलाली- नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरू आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताएका छन्।

नेपाल राष्ट्र बैंक धनगढी शाखाले सोमबार आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासंघ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ संस्था, कृषि कर्जा लिएका ऋणि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उनले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताए।

गर्भनर पौडेलले आफू गर्भनर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताए।

उनले भने, ‘सरोकारवालाका गुनासका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु।’
गर्भनर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या सामाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिए।

प्रकाशित: २७ जेठ २०८२ ५:५० | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast