गण्डकी प्रेदशसभामा आजदेखि बजेट छलफल

हिमाल प्रेस ४ असार २०८२ १३:१६ | Wednesday, June 18, 2025
गण्डकी प्रेदशसभामा आजदेखि बजेट छलफल

पाेखरा- गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ।

विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए।

बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने उनले बताए। प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले गत आइतबार प्रदेशसभा बैठकमा आगामी आव २०८२/०८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेका थिए।

प्रकाशित: ४ असार २०८२ १३:१६ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast