गण्डकीको बजेट झण्डै ३२ अर्ब (बजेट वक्तव्यसहित)

हिमाल प्रेस १ असार २०८२ १८:१६ | Sunday, June 15, 2025
गण्डकीको बजेट झण्डै ३२ अर्ब (बजेट वक्तव्यसहित)

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।

आइतबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बजेट प्रस्तुत गरेका हुन्।

उक्त बजेट चालु आवको तुलनामा १ अर्बले मात्र कमी हो। चालु आवका लागि सरकारले ३२ अर्ब ९७ करोढ ८५ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको थियो।

सरकारले चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रहेको छ। यो कुल बिनियोजनको ३९ दशमलब ५ प्रतिशत हो।

यस्तै, पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रहेको छ। यो कुल बिनियोजनको ५९ दशमलब ७ प्रतिशत छ। वित्तीय व्यवस्थातर्फ २५ करोड ७८ लाख रहेको छ।

खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ८९ करोड २९ लाख, रोयल्टी बाँडफाँडबाट ४९ करोड ८९ लाख, सशर्त अनुदानतर्फ ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानतर्फ ६३ करोड ९७ लाख र विशेष अनुदानतर्फ ४९ करोड ८६ लाख प्राप्त हुने अनुमान छ।

प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार प्राप्त हुने अनुमान छ। चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात् २ अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने अनुमान छ।

यसरी, न्यून हुने रकममध्ये १ अर्ब ७५ करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाइएको अर्थमन्त्री डा. गुरुङले बताए।

सरकारले पर्यटन, कृषि, उद्योग क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको हो।

 

प्रकाशित: १ असार २०८२ १८:१६ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast