खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

हिमाल प्रेस ३० जेठ २०८२ २१:२९ | Friday, June 13, 2025
खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु सांकेतिक तस्बिर

खोटाङ- करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका-५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ।

सेगेलेमस्थित घरमा जडान गरिएको विद्युतको तार हटाउने क्रममा आज (शुक्रबार) दिउँसो करेन्ट लागेर गम्भीर घाइते बनेका उनको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको हो।

करेन्ट लागेर बेहोस भएका राईलाई स्थानीयले गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए। केन्द्र पुर्‍याएको केही समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक राई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिका सचिवालय सदस्य थिए। उनको शव परीक्षण गृहमा राखिएको छ।

प्रकाशित: ३० जेठ २०८२ २१:२९ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast