कैलालीमा सुत्केरी मृत फेला, १६ दिनको शिशु सकुशल

हिमाल प्रेस ६ असार २०८२ १०:३५ | Friday, June 20, 2025
कैलालीमा सुत्केरी मृत फेला, १६ दिनको शिशु सकुशल

कैलाली- गौरीगंगा नगरपालिका-७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन्। स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुलेको बताए।

नाथ घरको मूलद्वार अगाडिको नालामा मृत भेटिएकी हुन्। उनको १६ दिनको नवजात शिशु (छोरा) भने जिवितै भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

प्रकाशित: ६ असार २०८२ १०:३५ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast