कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्छ : माधव नेपाल

हिमाल प्रेस १५ असार २०८२ १९:१० | Sunday, June 29, 2025
कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्छ : माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन्।

अखिल नेपाल किसान महासंघद्वारा राष्ट्रिय धान दिवसको अवसरमा आज (आइतबार) आयोजित कार्यक्रममा अध्यक्ष नेपालले कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनमा आउने वृद्धिले त्यसको लागत घट्ने बताए।

विकासका थुप्रै सम्भावना हुँदाहुँदै देशको विकास हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘हामीसँग भएका थुप्रै प्राकृतिक स्रोतसाधनको सदुपयोग गरी जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्छ।’ कृषि, उद्योग, पर्यटन, पूर्वाधार, ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण र विविधीकरणबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सकिने बताए।

प्रकाशित: १५ असार २०८२ १९:१० | Sunday, June 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast