कुशल भुर्तेल, आकाश चन्द, सागर ढकालसहितका ७ खेलाडीले पोखराबाटै एनपीएल खेल्ने

हिमाल प्रेस १६ असार २०८२ ७:१४ | Monday, June 30, 2025
कुशल भुर्तेल, आकाश चन्द, सागर ढकालसहितका ७ खेलाडीले पोखराबाटै एनपीएल खेल्ने पोखराका मार्की तथा कप्तान कुशल भुर्तेल।

काठमाडौँ- पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ।

उनलाई मार्की खेलाडीको रूपमा रिटेन गरेको पोखराले जनाएको छ। पोखराले कुशलसहित आकाश चन्द, तृतराज दास, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल र सागर ढकाललाई पनि टोलीमै राख्ने निर्णय गरेको छ।

यसैगरी टोलीले पोखराले पहिलो संस्करणमा खेलेका दिलिप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदिप अर्याललाई रिलिज गरेको छ।

प्रकाशित: १६ असार २०८२ ७:१४ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast