कालीगण्डकी करिडोर एकतर्फी खुल्यो

हिमाल प्रेस ९ असार २०८२ ८:३५ | Monday, June 23, 2025
कालीगण्डकी करिडोर एकतर्फी खुल्यो फाइल तस्बिर

काठमाडौँ- पहिरोले शुक्रबादेखि बन्द कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ।कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्बेनी खण्डको वडा नम्बर २ को गरगरेमा माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो।

शुक्रबार बिहान सडक माथिबाट ठूलो ढुंगासहित खसेको पहिरोका कारण अवरुद्ध भएको सडक सोमबार बिहानबाट एकतर्फीरूपमा सञ्चालनमा आएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताइन्। ​

एक्साभेटरहरू प्रयोग भए पनि रातिदेखि ठूलो पानी परेकाले सडक दुईतर्फी रूपमा खुलाउन समस्या भएको उनले जानकारी दिइन्। जिल्ला प्रशासन कार्यालय गुल्मीले यात्रामा सर्तकता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खबर गर्न आग्रह गरेको छ।

प्रकाशित: ९ असार २०८२ ८:३५ | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast