काठमाडाैँमा बृहत् सांस्कृतिक कार्यक्रम गर्दै राष्ट्रिय थारु कलाकार मञ्च

हिमाल प्रेस ३ असार २०८२ १४:४५ | Tuesday, June 17, 2025
2
SHARE
काठमाडाैँमा बृहत् सांस्कृतिक कार्यक्रम गर्दै राष्ट्रिय थारु कलाकार मञ्च

काठमाडौँ-  यही असार ७ गते कमलादीमा बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम हुने भएकाे छ। राष्ट्रिय थारू कलाकार मञ्चले विश्व संगीत दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम  गर्न लागेको हो।

थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागेको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रिय अध्यक्ष विनय वैद्यले जानकारी दिए।

‘विश्वभर संगीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला-संस्कृति र पहिचानलाई जोगाउन र सरकारलाई ध्यानाकर्षण गर्न यो कार्यक्रम गर्न लागेका हाैँ।’ उनले भने, ‘कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारू कलाकारहरूले प्रस्तुति दिनुहुनेछ।’

अध्यक्ष वैद्यका अनुसार कार्यक्रममा देशभरका ५० भन्दा बढी थारू कलाकारले थारू लोक गीत, मौलिक नृत्य धुम्रा, झुम्रा, मघौटालगायत थारू सांस्कृति झल्काउने प्रस्तुति दिनेछन्। साथै कार्यक्रममा थारू परिकारका स्टलहरूसमेत रहनेछ।

कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुणकुमार चौधरीले गर्नेछन्। कार्यक्रममा प्रवेश शुल्क एक हजार रूपैयाँ तोकिएको छ।

प्रकाशित: ३ असार २०८२ १४:४५ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast