कांग्रेस नेता एवं पूर्वमन्त्री शास्त्रीको निधन

हिमाल प्रेस २ असार २०८२ १५:३८ | Monday, June 16, 2025
कांग्रेस नेता एवं पूर्वमन्त्री शास्त्रीको निधन

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन भएको छ। ९० वर्षीय उनको सोमबार उपचारका क्रममा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा निधन भएको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उनको पार्थिव शरीरलाई असार ४ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिएका छन्।

शास्त्रीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक शास्त्रीको निधनको खबरले आफूलाई स्तब्ध बनाएको उनले बताएका छन्।

शास्त्रीले कांग्रेसको राजनीतिमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूसँगको निकटमा रहेर काम गरेका थिए।

प्रजातन्त्र पुनःस्थापनाको संघर्षका क्रममा उनले भारतको बनारस र गोरखपुरमा उनले लामो समय प्रवासी जीवन बिताएका थिए। २०४८ र २०५१ सालको आम निर्वाचनमा शास्त्री अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। शास्त्रीले प्रजातन्त्र स्थापना तथा पुनःस्थापनका लागि भएका आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

शास्त्रीद्वारा लिखित ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छ। उनी नेपाल सरकारद्वारा स्थापित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ बाट सम्मानित भएका थिए। उनी ‘सहिद स्मृति प्रतिष्ठान’ का संरक्षक तथा संस्थापक थिए।

प्रकाशित: २ असार २०८२ १५:३८ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast