कांग्रेसले केन्द्रीय कार्यालय परिसर विस्तार गर्ने, थप जग्गा खरिद गर्दै

हिमाल प्रेस १३ असार २०८२ १४:१५ | Friday, June 27, 2025
कांग्रेसले केन्द्रीय कार्यालय परिसर विस्तार गर्ने, थप जग्गा खरिद गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय परिसर विस्तार गर्ने भएको छ। कांग्रेसले थप जग्गा खरिद गरेर कार्यालय परिसर विस्तार गर्न लागेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले तीनतले घरसहित जग्गा खरिद गरेर कार्यालय परिसर विस्तार गर्न लागिएको जानकारी दिए। उनले कार्यालय परिसर थप फराकिलो र व्यवस्थित बनाउने उद्देश्यले जग्गा खरिद गर्न लागिएको बताए।

मुख्य सचिव पौडेलले कार्यालय अगाडितर्फ रहेको एक रोपनी तीन आना तीन पैसा जग्गा र त्यसमा बनेको तीनतले घर खरिद गर्ने निर्णय भएको जानकारी दिए।

अमिरमान अमात्यको नाममा रहेको जग्गा र घर कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा सम्झौता भएको छ।

एक वर्षभित्र जग्गा पास गर्ने गरी ५० लाख बैनासहित जग्गा धनीसँग सम्झौता भएको सचिव पौडेलले बताए।

घरसहित जग्गाको मूल्य १३ करोड रहेको र यो रकम पार्टीका विभिन्न तहको लेबि एवं शुझेच्छुकहरूबाट सहयोग लिएर चुक्ता गरिने कांग्रेसले जनाएको छ।

प्रकाशित: १३ असार २०८२ १४:१५ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast