कर्णाली : जनमैत्री बजेट ल्याएको आर्थिक मामिला मन्त्री शाहको दाबी

हिमाल प्रेस २ असार २०८२ १९:०३ | Monday, June 16, 2025
कर्णाली : जनमैत्री बजेट ल्याएको आर्थिक मामिला मन्त्री शाहको दाबी

सुर्खेत- कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्षका लागि जनमैत्री  बजेट ल्याएको दाबी गरेका छन् उनले जनतालाई विकासमा जोड्ने बजेट ल्याएको बताएका हुन्।

सोमबार बजेटबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले यो वर्षको बजेट पहिलेको तुलनामा जनतालाई प्रत्यक्ष रूपमा जोड्ने दाबी गरे। ‘व्यक्तिलाई बाँड्ने कुरालाई त्यागेर जिल्लामा ठूला सडक, पुल बनाउनको लागि बजेट विनियोजन गरेका छौँ,’ उनले भने, ‘सबै मन्त्रालयलाई अलिकति भए पनि सिलिङ बढाएर बजेट दिएका छौँ।’ सांसदहरूका लागि छुट्याइने बजेट घटाएर जनताका लागि बजेट हाल्न सफल भएको मन्त्री शाहले जानकारी दिए।

कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ। जसमा पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ।

यो बजेट चालु आर्थिक वर्षभन्दा ५ प्रतिशत बढी हो। कर्णाली सरकारले आइतबार राति १२ बज्नभन्दा केही मिनेटअघि मात्र बजेट सार्वजनिक गरेको हो। दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यातालिका भए पनि दलहरूबीच सहमति जुट्न नसक्दा मध्य राति बजेट ल्याइएको हो।

प्रदेश सरकारले ल्याएको ‘योजना बैंक’ अपारदर्शी र एकलौटी भएको आरोप विपक्षीहरूले लगाएका थिए।

प्रकाशित: २ असार २०८२ १९:०३ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast