कमल थापाले भने- आन्दोलन तुहिएको छैन, भ्रममा नपरौँ

हिमाल प्रेस २९ जेठ २०८२ १७:५७ | Thursday, June 12, 2025
कमल थापाले भने- आन्दोलन तुहिएको छैन, भ्रममा नपरौँ

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राख्दै आफूहरूले गरिरहेको आन्दोलन नयाँ ढंगले अघि बढ्ने बताएका छन्।

राप्रपा नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष थापाले आफूहरूले गरेको आन्दोलनमा केही कमीकमजोरी भएको भन्दै त्यसलाई सच्चाउँदै नयाँ ढंगले आन्दोलन अघि बढाउने बताएका छन्।

थापाले आफूहरुको आन्दोलन तुहिएको हो कि भन्ने भ्रममा नरहन आग्रह गरे। आफूहरूले उठाएका मुद्दालाई निर्णायक तहमा पुर्‍याउन संयुक्त जनआन्दोलन परिचालन समिति आगामी दिनमा सशक्त रुपमा आउने उनको भनाइ छ।

संयुक्त जनआन्दोलन परिचालन समितिबाट केहि समूहहरु अलग हुन थालेको भन्ने भ्रममा नरहन आग्रह गर्दै अध्यक्ष थापाले समिति अहिले पनि एकताबद्ध रहेको दाबी गरे। उनले भने, ‘राजसंस्थासहितको प्रजातन्त्रको कुरा गरेर निरंकुश व्यवस्थातर्फ फर्किन लागेको भन्ने कुरामा सत्यता छैन।’

प्रकाशित: २९ जेठ २०८२ १७:५७ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast