कञ्चनपुरमा भारी वर्षा जारी, सचेत रहन आग्रह

हिमाल प्रेस १६ असार २०८२ ६:३० | Monday, June 30, 2025
कञ्चनपुरमा भारी वर्षा जारी, सचेत रहन आग्रह

काठमाडौँ- पछिल्लो ३ घण्टामा कञ्चनपुरस्थित खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्रहरू तथा आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ। बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ४:३० बजे सूचना जारी गर्दै यो जानकारी दिएको हो।

महाशाखाले सो क्षेत्रहरू भई बहने सिहाली, दोदा (मछेली) लगायत ससाना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रकाशित: १६ असार २०८२ ६:३० | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast