कञ्चनपुरमा बाढीबाट १० परिवार विस्थापित

हिमाल प्रेस १६ असार २०८२ २१:०२ | Monday, June 30, 2025
कञ्चनपुरमा बाढीबाट १० परिवार विस्थापित प्रतीकात्मक तस्बिर।

दोधारा चाँदनी (कञ्चनपुर)- आइतबारदेखिको लगातार वर्षापछि कञ्चनपुरमा डुबानमा परेर १० परिवार विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा सात, कृष्णपुर नगरपालिकामा एक र भीमदत्त नगरपालिकामा दुई परिवार बाढीबाट विस्थापित भएका हुन्। विस्थापित सबैलाई नजिकैको विद्यालय र आफन्तका घरमा बस्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।

‘घर डुबानमा परेपछि मानिससहित गाईभैँसी र बाख्रालाई सुरक्षित स्थानमा लगेका छौँ,’ उनले भने, ‘विस्थापितहरू केही आफन्तकामा र केही नजिकैको विद्यालयमा छन्।’

पनुर्वास नगरपालिका–५ पशुपतिचोक नजिकै डुबानका कारण विस्थापित भएका सात परिवारलाई उद्धार गरेर नजिकैको छिमेकीका घरमा लगिएको छ। त्यसै गरी कृष्णपुर नगरपालिका–७ स्थित कार्कीकटानमा विस्थापित दुई परिवारलाई अर्को घरमा बस्ने व्यवस्था गरिएको छ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१९ त्रिवेणी टोलमा डुबानका परेको कलावती जोशीको पाँच जनाको परिवार, दुईवटा गाई, एक भैँसी र पाँचवटा बाख्रालाई नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा बस्ने व्यवस्था गरिएको छ। भीमदत्त नगरपालिका–१५ स्थित डम्बर राना क्षेत्रीको ज्योति कृषि तथा पशुपन्छी फार्म डुबानमा परेर करिब ७२ हजार बराबरको क्षति भएको छ। रासस

प्रकाशित: १६ असार २०८२ २१:०२ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast