एसीसी पुरुष यू १६ इस्ट जोन क्रिकेट : जापानमाथि नेपालको सानदार जित

हिमाल प्रेस १० असार २०८२ ११:४७ | Tuesday, June 24, 2025
एसीसी पुरुष यू १६ इस्ट जोन क्रिकेट : जापानमाथि नेपालको सानदार जित

काठमाडौँ- एसीसी पुरुष यू १६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ।

मंगलबार मलेसियामा भएको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्‍यो।जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर जय थापा १ रनमा आउट भए पनि प्रसिद्ध जैसीले नटआउट ३३ रन र शिवान्स बजगाईले नटआउट ३८ रन जोडे।

त्यसअघि मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा बाँयाहाते स्पिनर शुभम खनालले पाँच विकेट लिएपछि जपानलाई नेपालले ८० रनमा अलआउट गरेको थियो।

टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४।३ ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनायो।

जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए। त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई छ विकेटले हराएको थियो।

प्रतियोगिताामा नेपाल समूह ‘ए’मा छ। समूहमा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्। नेपालले इन्डोनेसियासँग असार १५ गते र भुटानसँग असार १७ गते खेल्नेछ।‍ प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।

प्रकाशित: १० असार २०८२ ११:४७ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast