एलिना र समिक्षालाई प्रधानमन्त्रीको ढाडस

हिमाल प्रेस १४ असार २०८२ ९:०६ | Saturday, June 28, 2025
एलिना र समिक्षालाई प्रधानमन्त्रीको ढाडस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा आफू राम्रो देखिन अरुको दोष खोजेर गरिने गाली, परपीडक प्रवृत्तिविरुद्ध गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीको अभियानको प्रशंसा गर्दै त्यस्ता व्यक्तिलाई सार्वजनिक गरिदिने तरिका सही लागेको बताएका छन्।

समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको भन्दै ओलीले राम्रो गर्न खोज्नेले हिम्मत हार्न नहुने बताए ।

उनले लेखेका छन्, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ । समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’

प्रकाशित: १४ असार २०८२ ९:०६ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast