एयर इन्डिया दुर्घटना : २०४ जनाको शव फेला

हिमाल प्रेस २९ जेठ २०८२ १९:०७ | Thursday, June 12, 2025
एयर इन्डिया दुर्घटना : २०४ जनाको शव फेला फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी हिन्दीका अनुसार विमानमा सवार कुल २४२ मध्ये २०४ जनाको शव फेला परेको हो।

अहमदाबाद पुलिस कमिश्नर जीएस मलिकले बीबीसीसँग केही जीवित भेटिएका हुन सक्ने तर हालसम्म २०४ वटा शवहरू फेला परिसकेको बताएका हुन्। उनले भने, ‘४१ जना घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उद्धार तथा राहत कार्य तीव्र गतिमा जारी छ।’

बिहीबार अहमदाबादस्थित सरदार बल्लभभाई पटेल विमानस्थलबाट उडेको केही क्षणमै भएको दुर्घटनामा भएको थियो। विमान सहरको मेघाणी क्षेत्रमा खसेको र त्यसपछि बाक्लो कालो धुवाँको मुस्लो देखिएको तस्बिर र भिडियोहरू सार्वजनिक भएका छन्। उडान नम्बर एआई १७१ को उक्त विमान अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलतर्फ उडेको थियो।

विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, सातजना पोर्चुगाली र एक जना क्यानाडाली नागरिक सवार रहेको एयर इन्डियाले आफ्नो एक्स ह्यान्डलमा लेखेको छ। तीमध्ये ११ जना बालबालिका रहेको बताइएको छ।

प्रकाशित: २९ जेठ २०८२ १९:०७ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast