एमालेसँग भएको दुई बुँदे सहमतिबारे पार्टीमा समीक्षा हुन्छ : श्रेष्ठ

हिमाल प्रेस ३१ जेठ २०८२ १६:४५ | Saturday, June 14, 2025
एमालेसँग भएको दुई बुँदे सहमतिबारे पार्टीमा समीक्षा हुन्छ : श्रेष्ठ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसदको गतिरोध अन्त्यका लागि माओवादी र एमालेबीच भएको सहमतिका बारेमा पार्टीमा समीक्षा हुने बताएका छन्।

शनिबार काठमाडौँमा माओवादी दोलखा काठमाडौँ सम्पर्क समन्वय समितिको अधिवेशन उद्घाटन गर्दै श्रेष्ठले माओवादी र एमालेबीच भएको दुई बुँदे सहमतिपछि विभिन्न प्रतिक्रियाहरु आइरहेको भन्दै यसबारे पार्टीमा समीक्षा हुने बताएका हुन्।

यसबारेमा पार्टी अध्यक्ष प्रचण्डसँग छलफल हुन नपाएको उल्लेख गर्दै उनले दुई बुँदे सहमति माओवादीको सुशासनको अभियानलाई हित पुग्ने गरी भयो कि भएन भन्नेमा छलफल हुने धारणा राखे।

श्रेष्ठले भ्रष्टाचारविरुद्ध माओवादी निरन्तर लड्दै आएकाले भिजिट भिसासम्बन्धी मुद्दालाई त्यसै नछाड्ने बताए।

प्रचण्डले समग्र लेखाजोखा गरेर नै सहमति गर्ने निष्कर्षमा पुगेको हुन सक्ने श्रेष्ठले बताए।

प्रकाशित: ३१ जेठ २०८२ १६:४५ | Saturday, June 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast