एनएमबी बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

हिमाल प्रेस २ असार २०८२ १९:०७ | Monday, June 16, 2025
एनएमबी बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ– एनएमबी बैंक लिमिटेड तथा काङ हाइड्रोपावर कम्पनीबीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङस्थित मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ।

एनएमबी बैंकका तर्फबाट सस्टेनबल इनर्जी बैंकिङका प्रमुख दिनेश दुलाल र काङ हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

हस्ताक्षरपश्चात एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सुब्बाले ऋण सम्झौतापत्र आदानप्रदान गरेका थिए।

बैंकका कार्यकारी अधिकृत घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समयभित्र सकाउन तथा आयोजना निर्माणका क्रममा प्राविधिक, वातावरण र पर्यावरणीय पक्षलाई ध्यानमा राख्न आग्रह गरे।

त्यस्तै प्रबन्ध निर्देशक सुब्बाले माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समससीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। एनएमबी बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ।

प्रकाशित: २ असार २०८२ १९:०७ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast